काठमाडौं – कोरोना भाइरसका पर्यटन क्षेत्र प्रभावित हुदाँ चालु आर्थिक बर्षको पहिलो चौमासमा भ्रमण आयमा भारी गिरावट आएको छ । कात्तिकसम्म विदेशी पर्यटक मार्फत हुने आम्दानी अर्थात् भ्रमण आय ९३.१ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंककाअनुसार समिक्षा अवधीमा १ अर्ब ८८ करोड मात्र भ्रमण आम्दानी भएको छ ।
गत आवको सोही अवधीमा भने २७ अर्ब १४ करोड रुपैयाँ यस्तो आम्दानी रहेको थियो ।
यस्तै, सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ६८.६ प्रतिशतले कमी आई रु.८ अर्ब ३ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.६ अर्ब ८० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२५ अर्ब ५९ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.१२ अर्ब ११ करोड रहेको नेपाल राष्ट्र बैंकका तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया