नेपाल स्टक एक्सचेञ्जमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले गत आवको मुनाफाबाट दिएको लाभांश वितरण गर्नलाई बुक क्लोज गरेसंगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेमा मूल्य समायोजन भए पछि कम्पनकिो शेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम गरेको छ ।
यस अघि बैंकले आफ्ना लगानीकर्ताहरुलाई ७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पौष २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया