काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गतेदेखि २९ गतेसम्म निष्कासन तथा बिक्री गरेको वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइने १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बैंकिङ्गको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरिएको हो । सर्वसाधारण समूहलाई ६ लाख ४० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएको थियो ।
१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ ।
प्रतिक्रिया