थाहै नदिइ ओली समूहले केन्द्रीय सदस्यमा राखेको भन्दै तुम्बाहाम्फेद्वारा पद अस्वीकार

५ बर्ष अगाडि

काठमाडौं- संविधानसभाका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई थाहा नै नदि ओली समूहको केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम समावेश गराएको भन्दै ध्यानाकर्षण गराएका छन् । 


साथै यस प्रति असहमित जनाउँदै आफू प्रचण्ड-माधव समूहमा रहेको पनि बताएका छन्।

 

५ बर्ष अगाडि

प्रतिक्रिया