नेकपाको माधव–प्रचण्ड समूहले केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।
उक्त समूहले आज २८७ जनाको हस्ताक्षर समावेश गरी निर्वाचन आयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेकोलगायतका निर्णयहरु बुझाएको छ ।
आज बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेकोलगायतका निर्णयहरु पेस गरेको हो ।
बुधबार बसेको प्रचण्ड–माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गरी माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।
प्रतिक्रिया