प्रभु लाईफको आईपिओ बाँडफाँड शुक्रबार, आज प्रि अलोटमेन्ट

५ बर्ष अगाडि

काठमाडौं- प्रभु लाईफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओ बाँडफाँड हुने भएको छ । 

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बुधबार आईपिओको प्रि अलोटमेन्ट सकेर शुक्रबार बाँडफाँड गर्ने तयारी गरेको हो । 

कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । कम्पनीले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । 

६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ५४ लाख कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

आईपीओ बाँडफाँडको समय भने बिहिबार मात्र यकिन हुने क्यापिटलले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया