कामना सेवा विकास बैंकको साधारण सभा पुष २९ गते

५ बर्ष अगाडि

काठमाडौं- कामना सेवा विकास बैंकको साधारण सभा हुने भएको छ । पुष ७ गते बसेको सञ्चालक समितिको ३०४औं बैठको निर्णय अनुसार बैंकको साधारण सभा आगामि पुष २९ गते हुने भएको हो ।

सभा बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा विहान १० बजेबाट सुरु हुने भएको छ । साथै कोरोना प्रकोपका कारण सभामा भिडियो कन्फेन्स मार्फत सहभागी हुन पनि अनुरोध गरिएको छ । साथै साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनी दतौ पुस्तिका पुष १६ गते एक बन्द रहने पनि जनाएको छ ।

शेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट कारोबार भएको शेयरधनीहरुले मात्र साधारणसभामा भग लिन, मतदान गर्न र बोनस सेयर तथा नगद लाभांश प्राप्त गर्न सक्ने पनि बैंकल जानकारीे गराएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया