प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई जर्वजस्ती केन्द्रीय सदस्य चयन गरेको बुझिएको छ ।
ओली समूहको केन्द्रीय सदस्य पदका लागि जर्वजस्ती चयन भएका केन्द्रीय सदस्यहरुले दस्यको पद अस्वीकार समेत गरेका छन् ।
प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई हिजो ओली समूहले केन्द्रीय सदस्यमा चयन गरेको थियो ।
तर आज उनले पार्टी फुटेका कारण जनता रोइरहेको अवस्थामा आफू केन्द्रीय कमिटीमा बस्न नसक्ने भन्दै उनले पद अस्वीकार गरेकी हुन् ।
त्यस्तै, झापाका प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले पनि पद अस्वीकार गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मन्जुर नरहेको बताएका छन् ।
प्रतिक्रिया