प्रचण्ड-माधव समूहले ओलीलाई कारबाही गरेको निर्णय पुग्यो निर्वाचन आयोगमा

५ बर्ष अगाडि

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड - माधव समूहले केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णयबारे निर्वाचन आयोगलाई जानकारी दिएका छन् । 

प्रचण्ड - माधव समूहले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको जानकारी दिएका हुनु ।

मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय गरेको थियो । 

उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसहितको टोली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया