बौद्धमा नरेन्द्र चन्दले सम्हाले कमाण्ड

७ बर्ष अगाडि

टेलिभिजनमा १ लाख ४० हजार घुस लिएको आरोपमा डीएसपी श्याम कुमार राई पक्राउ परेसँगै प्रहरी प्रधान कार्यालयले नयाँ प्रमुखलाई काजमा खटाएको छ । 
प्रहरी प्रधान कार्यालयले  महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नरेन्द्र चन्दलाई  काजमा वौद्ध बृत्तमा सरुवा गरेको हो । 
यसैगरी महानगरीय प्रही वृत्त सातदोबाटोमा डीएसपी गौतम मिश्रलाई काज सरुवा गरिएको छ भने सातदोबाटो बृत्तमा कार्यरत डीएसपी विनोद सिलवाललाई अपराध अनुुसन्धान विभागमा सरुवा गरिएको छ । 
 यसैगरी डीएसपी अपिल बोहरालाई महानगरीय प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको छ । यस्तै कुमार विक्रम थापा महानगरीय प्रहरी बृत्त थानकोटमा सरुवा गरिएको छ । यसअघि नवरत्न पौडेल थानकोटमा कार्यरत थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया