अब प्रचण्डलाई प्रधानमन्त्री बनाउने नेपालको संकेत, दाहाल संसदीय दलको नेतामा प्रस्ताव

५ बर्ष अगाडि

नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा संसदीय दलको नेता हुन अयोग्य रहेको भन्दै उक्त प्रस्तवगरेका हुन् । 

यसअघि उनले ओलीले देशप्रति गरेको घात प्रतिघातप्रति आत्मालोचना गरे उनीमाथि गरेको कारवाही फिर्ता लिन सकिने बताएका थिए । साथै  अध्यक्ष नेपालले पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुलाई पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए  

दलको बैटककमा प्रतिनिधि सभा र राष्ट्यिसभाका गरी ११५ जना सहभागी छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया