काठमाडौं, नेपाल बैंकले पुस २९ गते ६१औं वार्षिक साधारण सभा आयोजना गरेको छ । बैंकले प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजेबट सभा गर्ने जानकारी गराएको छ । ।
सभाले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६र७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनीदर्ता पुस्तिका पुस १६ गते एक दिनका लागि बन्द रहने बताएको छ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णयहरु गरेको हो ।
प्रतिक्रिया