विद्युतीय भुक्तानी कारोबारमा वृद्धि, मोबाइल बैंकिङ मार्फत कत्ति ?

४ बर्ष अगाडि

काठमाडौं- आर्थिक वर्षको पहिलो चौमासमा मोबाइल बैंकिङ मार्फत रु ९३ अर्ब १ करोड ९१ रुपैयाँको अर्थिक कारोबार भएको छ ।

राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै रु १८ अर्ब ३ करोड ९३ रुपैयाँको आर्थिक कारोबार भएको हो । त्यस्तै भदौ पहिनामा रु २० अर्ब ३ करोड ४० रुपैयाँको आर्थिक कारोबार भएको छ । 

असोज महिनामा रु २८ अर्ब ८ करोड ४ रुपैयाँ कारोबार भएको छ । भने पहिलो चौमासिकको अन्तिम महिना कार्तिकमा रु २५ अर्ब ६ करोड ५४ रुपैयाँको मोबाइल बैंकिङ मार्फत अर्थिक कारोबार भएको छ । 
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधरणको

विद्युतीय भूक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको छ  राष्ट्र बैंकल जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया