नेपालमा ७ सय ४८ स्थानिय तहमा पुग्यो वाणिज्य बैंकको शाखा, कुन प्रदेशमा कति शाखा ?

५ बर्ष अगाडि

काठमाडौं , नेपालमा कुल ७ सय ५३ स्थानीय तहमध्ये २०७७ कात्तिकसम्म ७ सय ४८ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । गत वर्षको कात्तिकसम्म ७ सय ४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । उक्त संख्या यो वर्ष बढेर ७ सय ४८ पुगेको नेपाल राष्ट्र बैंकको तथ्याङकले देखाउँछ ।

हाल नेपालमा ७ प्रदेशको ७ सय ५३ स्थानिय तहमा कात्तिकसम्म ७ सय ४७   वटा वाणिज्य बैकका शाखा रहेका छन् । प्रदेश १ मा १३७ स्थानिय तहमा १३६ स्थानमा शाखा बिस्तार भएको छ । प्रदेश २ मा १३६ स्थानिय तहमा १३६ स्थानमा,बागमति प्रदेशमा ११९ स्थानिय तहमा ११७ स्थानमा, गण्डकी प्रदेशमा ८५ स्थानिय तहमा ८५ स्थानमा, प्रदेश ५ मा १०९ स्थानिय तहमा १०९ स्थानमा नै शाखा बिस्तार भएको छ । यस्तै कर्णाली प्रदेशमा ७९ स्थानिय तहमा ७८ स्थानमा र सुदुरपश्चिम प्रदेशमा ८८ स्थानिय तहमध्ये ८७ स्थानमा मात्र बैकका शाखाहरु बिस्तार भएका छन् ।

नेपालका ७ सय ५३ स्थानिय तहमा अझै पनि ५ स्थानिय तह बैकिङ सेवाबाट वञ्चित रहेका छन । बैंकका शाखा पुग्ने क्रममा रहेका स्थानिय तहमा ताप्लेजुङको मिक्वाखोला, धार्दिङको रुवी भ्याली र नेत्रावती, जाजरकोटको जुनीचदी र बझाङको काँडा रहेका छन् ।  

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ कात्तिक मसान्तमा १४६ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी,७८ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ कात्तिक मसान्तमा ९९३७ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया