संसद विघटनसम्बन्धी परेका रिटकोे सुनुवाई संवैधानिक इजलासमा पठाइने भएको छ ।
आज भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो ।
राणाको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।
प्रतिक्रिया