काठमाडौं – कोरोना कहरको कारण नेपालको अर्थतन्त्र नमज्जाले प्रभावित भएपछि शोधनान्र स्थितीमा भने उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको एक तथ्यांकअनुसार चालु आवको सुदेखि नै शोधनान्तर नाफा (नेपालदेखि बाहिरीने र नेपाल भित्रीने पैसा बीचको अन्तर) नि।न्तर बढ्दै गएको छ ।
चालु आवको सुरुको महिना अर्थात् साउनमा शोधनान्तर स्थिती शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा थियो । कात्तिकसम्म आउँदा शोधनान्तर स्थिति रु.१ खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको छ ।
साउनदेखि प्रत्येक महिना शोधनान्तर नाफा निरन्तर बढ्दै गएको छ । बिशेषगरि विप्रेषण आप्रवाह बढ्दा, बैदेशिक लगानी बढ्दा बढी विदेशी मुद्रा नेपाल भित्रिएको छ । साथै, निर्यात बढेको छ भने आयात घटेको छ । फलस्वरुप पनि विदेशी मुद्रा घटेको छ भने भित्रिने रकम बढेको छ । फलस्वरुप शोधनान्तर नाफा बढ्दै गएको हो ।
कुन महिनासम्म कति शोधनान्तर नाफा
साउनसम्मः रु ५१ अर्ब ४६ करोड
भदौंसम्मः रु ६७ अर्ब ६३ करोड
असोजसम्मः रु १०१ अर्ब ९ करोड
कात्तिकसम्मः रु.११० अर्ब ६५ करोड
स्रोतः नेपाल राष्ट्र बैंक
महिनाअनुसार शोधनान्तर स्थितीको अवस्था
नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार चालु आ.व को पहिलो महिनामा शोधनान्तर स्थिति रु ५१ अर्ब ४६ करोडले बचत रहेको छ । गत आ.व.मा सो अवधिसम्म रु ६ अर्ब ५ करोड रहेको थियो । जुन रु ४६ अर्ब ४ करोडले बढेको हो ।
यस्तै चालु आर्थिक वर्षको दुई महिनामा शोधनान्तर स्थिति रु ६७ अर्ब ६३ करोडले बचत रहेको छ । जुन गत आ.व.को तुलना रु ५८ अर्ब ८० करोडले बढि रहेको छ । गत आ.व.मा सो अवधिभर रु ८ अर्ब ८३ करोड रहेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको तेस्रो महिनामा शोधनान्तरक स्थिति रु १०१ अर्ब ९ करोडले बचत भएको छ । गत आर्थिक वर्षमा सो अवधिभर रु १४ अर्ब ४३ करोड बचत रहेको थियो ।
यसैगरी चालु आ.व. को चौथो महिना सम्म शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२७ अर्ब २९ करोडले बचतमा रहेको थियो ।
प्रतिक्रिया