कांग्रेसले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार ?

७ बर्ष अगाडि

काठमाडौं– राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ । त्यसका लागि काँग्रेस २ विकल्पसहित उम्मेदवारको खोजीमा लागेको छ । तर, काँग्रेसले बाम गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार छनोट भएपछि मात्रै आफ्नो उम्मेदवार सार्वजनिक गर्ने भएको छ । 
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको मंगलबार बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे टुङगो लगाउने बताए । 
उनले राष्ट्रपतिमा काँग्रेसको उम्मेदवार उठ्ने निश्चित भएपनि व्यक्तिबारे औपचारिक निर्णय भैनसकेको बताए । 
काँग्रेस नेताहरुका अनुसार काँग्रेसले बाम गठबन्धनबाट राष्ट्रपतिमा उठाउने उम्मेदवार हेरर मात्रै आफ्नो उम्मेदवार चयन गर्नेछ । काँग्रेस श्रोतका अनुसार गठबन्धनले  वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै उम्मेदवार बनाए काँग्रेसले पनि महिलालाई नै अघि सार्नेछ । तर, गठबन्धनले अरु कुनै पुरुष उम्मेदवार बनाए नेता मान बहादुर विश्वकर्मालाई उठाउने लगभग निश्चित जस्तै छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया