राष्ट्रपति र प्रधानमन्त्री विरुद्धको सबै रिट प्रधानन्याधिसको टेवलमा

५ बर्ष अगाडि

काठमाडौं – प्रतिनिधि सभा विघटन विरुद्ध सर्वाेच्च अदालतमा परेका सबै रिटहरुमा प्रधानन्याधिस चोलेन्द्र शमसेर जबरा आफैले हेर्ने भएका छन् । सर्वाेच्चको अनुसार उनले १२ ओटै रिट आफ्नै पेश्कीमा राखेका छन् । त्यसमा आज नै सुनुवाई गर्ने अहिलेसम्मको कार्यसुचि रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा बिघटन भंग गरेकी थिइन। साथै, आगामी बैशाख १७ र २७ गते आम निर्वाचन मिति पनि तोकिएको छ । त्यसपछि त्यो असंवैधानिक भएको दावी सहित राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्ष बनाएर सर्वाेच्चमा रिट दायर भएका छन् । सर्वाेच्मा १ दर्जन रिट दायर भएको छ । 
उक्त रिटहरु सबै प्रधानन्याधिसले हेर्ने भएपछि यस मुद्दालाई बिशेष रुपमा हेरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया