नेपाल लाइफको शेयर मुल्यमा सुरुमै सकरात्मक सर्किट, यस्तो छ नयाँ मुल्य

५ बर्ष अगाडि

काठमाडौं – मंगलबार मात्र उच्च मात्रामा लाभांश घोषणा गरेको नेपाल लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा आज सुरुमै सकरात्मक सर्किट लागेको छ । आज शेयर कारोबार सुरु हुना साथ उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको हो । 
हिजो पनि उक्त कम्पनीको शेयर मुल्य सर्किट लेभलमा नै बढेको थियो । हिजो उक्त कम्पनीको शेयर मुल्य २ हजार ३५१ थियो । आज त्यो २३५ अंकले बढेर २ हजार ५८६ विन्दुमा पुगेको छ । 
हाल उक्त कम्पनीको शेयर खरिद गर्ने लगानी कर्ता आएका छन् । तर, बिक्री गर्ने कोही आएका छैनने । 
कम्पनीले हिजो शेयरधनीलाई आव २०७५÷७६ को नाफाबाट ५१ प्रतिशनत लाभांश दिने घोषणा गरेको थियो । त्यसमा ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भनिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया