कहिले हुदैंछ प्रभु लाइफको आईपीओ बाँडफाँड

५ बर्ष अगाडि

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सर्व साधारण शेयर (आईपीओ ) शुक्रबार हुने भएको छ । शेयर बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । 
हाल आईपीओको प्रि अलोटमेन्ट गर्ने काम भइरहेको छ । 
कम्पनीले गत मंसिर २९ गतेदेखि ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । त्यो अनुसार ५४ लाख कित्ता शेयर सर्वसाधारणले पाउने छन् । 
एक आवेदकलाई न्यूनतम १० कित्ता दिनुपर्ने प्रावधान रहेको छ । त्यो अनुसार ५ लाख ४० हजार जनाले यो शेयर पाउने छन् । तर, कम्पनीको आईपीओमा १० लाख ८२ हजार जनाले यसमा आवेदन दिएका छन् । जसअनुसार आधा भन्दा बढी आवेदकको हात खाली हुने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया