नेपाल फाइनान्स बाँडफाँड गर्‍यो हकप्रद शेयर

५ बर्ष अगाडि

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले निष्कासन गरेको  १६ लाख ५७ हजार ५०६ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको छ । 

गत कात्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई मंसिर ४ गतेदेखि २४ गतेसम्म एक शेयर बराबर १.२५ मा हकप्रद निष्काशन गरेको थियो । 

उक्त मितिसम्म  आवेदन दिएका शेयरधनीहरुलाई पुस ७ गते मंगलबार हकप्रद शेयर बाँडफाँड गरिएको हो । यो हकप्रदको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।  

५ बर्ष अगाडि

प्रतिक्रिया