युनाईटेड फाईनान्सको पुस २९ गते २६ औँ साधारण सभा बस्दै

५ बर्ष अगाडि

काठमाडौं- युनाईटेड फाईनान्स लिमिटेडको पुस २९ गते २६ औँ वार्षिक साधारण सभा बस्ने भएको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले बिहान ११ः३० बजेबाट संस्थाको केन्द्रिय कार्यालयमा आ.ई.जे प्लामा ,दरबारमार्ग काठमाडौंमा बस्ने निर्णय गरेको छ ।

सभाका लागि संस्थाको शेयर दाखिला खारेजी पुस १४ गते देखि २९ गतेसम्मको लागि बन्द गरिएको छ । 

कोरोना महामारीलाई मध्यनजर गर्दै भिडियो कन्फ्रेन्सबाट पनि सभामा उपस्थित हुनुसकिने छ । सभा सुरु हुनुभन्दा १ घण्टा अगाडिबाट भिडियो कन्फ्रेन्स खुल्ला गरिने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया