नबिल बैंकले पसु २९ गते बोल्यो साधारण सभा, ३३.५ % बोनस शेयर पारित गर्ने

५ बर्ष अगाडि

काठमाडौं- नविल बैंक लिमिटेडले पुस २९ गते बुधबार ३६औं वार्षिक साधारण सभा बस्ने भएको छ ।  

हिजो बसेको  सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजेबाट सभा गर्ने निर्णय गरेको हो । 

सभाले प्रस्तावित १.७६ प्रतिशत नगद लाभांश र ३३.५ प्रतिशत बोनश शेयर पारित गर्ने छ । सभाले चुक्तपुँजी रु। १३ अर्ब ४८ करोडबाट वृद्धि गरी रु. १४ अर्ब पु¥याउँने प्रस्ताव पनि पारित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै नगद लाभांश तथा बोनश शेयर प्रयोजनको लागि पुस १५ गते शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया