गौतम र थापा विनै सुरु भयो नेकपाको केन्द्रीय कमिटी बैठक

५ बर्ष अगाडि

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा चलिरहेको छ । 

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,  नेता नेपाल र  पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलिसक्नुभएको र अध्यक्ष दाहालले बोल्दै छन् ।  आजको दुवै बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा उपस्थित भएका छैनन् । 

प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी आह्वान गरेका छन् । यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको थियो । 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया