ङादी ग्रुपको लाभांश घोषणा, ३० प्रतिशत हकप्रद निष्काशन गर्ने

५ बर्ष अगाडि

ङादी ग्रुप पावरले आफ्ना लगानीकर्ताहरुलाई लााभांश प्रस्ताव गरेको छ । 

कम्पनीको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले बोनस पछि कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय पनि गरेको छ ।

उक्त विषयमा छलफल गर्न कम्पनीले पुस २८ गते मंगलबार बिहान १० बजे कम्पनीको रजिष्टार्ड कार्यालय हनुमानस्थान अनामनगरमा ७ औं साधारण सभा समेत बोलाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया