काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्ज(नेप्से) परिसुचक भारि अंकले बढेको छ । आज कारोबारको सुरुवातबाट नै उकालोको यात्रातय गरेको थियो । कारोबारको अन्तिम समयसम्म आउँदा ९५.४६ अंकले बढेको छ ।
आज १९६५.९५को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आउँदा ९५.४६ अंकले बढेर २०६१.४१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्से परिसुचक ४ घण्टाको अवधिमा ४ं.८६ प्रतिशतले बढेको छ ।
कारोबारमाा आएका १२ उपसमुहमा सबै उपसमुहमा हरियाली छाएको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका २०५ कम्पनिको १ करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर ५५ हजार ७२१ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ७४ करोड ७ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया