नेकपा अध्यक्षबाट ओली हट्दै, माधव नेपाल अध्यक्ष बन्ने संकेत

५ बर्ष अगाडि

नेकपाको ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । 

मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए । 

यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन । 
सोबारे छलफल गर्न अहिले नेकपाको ओली इतर समूहको बैठक राजधानीको कार्की ब्यांकेटमा सुरु भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया