काठमाडौं- नेकपाका दुई पक्षीय केन्द्रीय कमिटी बैठक गर्ने अवस्थामा पुगेको छ ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठक चलिरहेको छ । तर धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय भने सोमबारबाट नै बन्द छ ।
सोमबार कार्यालय पुगेका कर्मचारीहरुलाई ओली निकट केन्द्रीय सदस्य तथा पार्टी कार्यालका सचिव ईश्वरी रिजालले कर्मचारीहरुलाई आफ्नै घरमा बस्न निर्देशन दिएको कर्मचारी चन्द्रदेव पासवानले जानकारी दिए ।
पूर्वमाओवादी निकट कार्यालय सचिव श्रीराम ढकालले भने आफू केही ढिलो गरी कार्यालय पुग्दा कर्मचारीहरुलाई बिदा दिइसकिएको जानकारी पाएको बताए ।
उनी अहिले केन्द्रीय कमिटी बैठकको तयारीमा पेरिसडाँडामा रहेको जानकारी दिए ।
प्रतिक्रिया