सांग्रिला डेभलपमेन्टको मुद्रति निक्षेपमा नयाँ ब्याजदर घोषणा

५ बर्ष अगाडि

काठमाडौ, सांग्रिला डेभलपमेन्ट बैक लिमिटेडले मुद्रति निक्षेपमा नयाँ ब्याजदर घोषणा गरको छ । बैकले मंगलबारबाट लागु हुनेगरी नयाँ ब्याजदर घोषणा गरेको हो ।

बैंकले मुद्रति निक्षेपमा व्यक्तितर्फ ६.५० देखि ७.५० प्रतिशत ब्याजदर दिने घोषणा गरेको हो । बैकका अनुसार तीन महिनाका लागि ६.५० प्रतिशत, तीन महिना माथि र एक वर्षमुनि ७ प्रतिशत र एक वर्षमाथिका लागि ७.५० प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै संस्थापकतर्फ तीन महिनाका लागि ५.५० प्रतिशत, तीन महिना माथि र एक वर्षमुनि ६ प्रतिशत र एक वर्षमाथिका लागि ६.५० प्रतिशत ब्यालदर निर्धारण गरेको छ ।

बैंकले पुस ६ गते अभियान राष्ट्रिय दैनिकमा ब्याजदर माथिको अनुसार हुनुपर्नेमा अन्यथा भएकाले आज सच्याईको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया