पार्टी फुटाउदिन, कारबाही पनि गर्दिन : प्रधानमन्त्री ओली

५ बर्ष अगाडि

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् । उनले आज बसेको आफू निकटको केन्द्रीय समिति बैठकमा उक्त कुरा भनेका हुन् ।
 
प्रचण्ड समूहले उनलाई कारबाहीको तयारी गरिरहेको बेलामा उनले यस्तो बताएका हुन् । बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे ।  

ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं ।’

उनले  पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए । साथै उनले एकलौटीरुपमा ११९९ सदस्सीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया