कारोबारको पहिलो घण्टा : नेप्सेमा हरियाली ,कारोबार रकम २ अर्ब नजिक

४ बर्ष अगाडि

काठमाडौ., मंगलबार नेपाल स्टक एक्सेन्स(नेप्से)मा कारोबार सुरु पहिलो घण्टामा नै हरियाली छाएको छ ।

आज ११ बजे १९६५.९५ को बिन्दुबाट सुरु भएको कारोबार सुरुवात देदि नै उकालोको यात्रातय गर्दै १२ बजेसम्म आउँदा ५८.८५ अंकले बढेको हो । एक घण्टाको अवधिमा नेप्से २.९९ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १२ उपसमुृुहमा सबै उपसमुहमा हरियाली छाएको छ ।

यस्तै हालसम्म कारोबारमा आएका १९२ कम्पनिको ३३ लाख ५६ हजार ७३ कित्ता  शेयर १५ हजार १४८ पटक खरिद बिक्री हुँदा १ अर्ब ८५ करोड ५ लाख बराबरको कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया