काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्स(नेप्से)मा कारोबार सुरु भएको केही समय नै दोहोरो अंकको वृद्धि भएको छ ।
आज ११ बजेबाट सुरु भएका कारोबार ११ बजे ४० मिनेट जाँदासम्म साढे ५७ अंकले बढेको हो । सेन्सेटिभमा पनि करिब ९ अंकको वृद्धि भएको छ ।
नेप्से परिसुचक दोहोरो अंकले बढ्दा पनि कारोबारमा आएका १२ उपसमुह मध्ये सामुहिक लगानी कोष (म्युचुअल फण्ड) भने रातोमै कायम रहेको छ ।
बैकिङ ५३.०२ अंकले, व्यापार ७१.२८ र होटल ३७.६८ अंकले बढेका छन् ।
प्रतिक्रिया