केवलसिंहको गोरुले हानेर मृत्यु

७ बर्ष अगाडि

दाङ । रुकुमको मुसीकोट नगरपालिका ९ घोरनेटी निवासी ५२ वर्षीय केवलसिंह खड्काको गोरुले हानेर मृत्यु भएको छ । आफ्नै गोरूले हानेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । 

बिहान करिब ८ बजेतिर छिमेकी झकप्रसाद खड्काको बारी जोत्ने क्रममा गोरू नार्न लाग्दा गोरूले हानेर मृत्यु भएको स्थानीय खडानन्द शर्माले जानकारी दिए । मृतकका एक छोरा हाल भारतमा रहेका छन् भने सानो एक छोरा, एक छोरी र श्रीमती घरमै छन् ।  

७ बर्ष अगाडि

प्रतिक्रिया