काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय समितिको बैठक वालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक सुरु भएको हो।
बैठकमा अध्यक्ष ओलीले संसद विघटनको ओचित्य र भावी रणनीतिबारे प्रष्ट्याउने बताइएको छ। बिहान ९ बजेका लागि भनिएको बैठक झन्डै २ घन्टा ढिलो गरी सुरु भएको हो।
प्रतिक्रिया