काठमाडौं- प्रविधिका सेवा बेचेर नेपालले चार महिनामा करिब ६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । प्रविधिसँग सम्बन्धित विभिन्न किसिमका सेवाहरु बिक्री गरी उक्त आम्दामी हासिल गरेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौमासिकको तथ्यांक अनुसार नेपालले दूरसञ्चार, कम्प्यूटर र सूचनासँग सम्बन्धित सेवाहरु बिक्री गरेर ५ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ ।
चालु बर्षको कार्तिकसम्म नेपालबाट ६३ करोड रुपियाँ दूरसञ्चार, कम्प्यूटर तथा सूचना सेवाका लागि बाहिरिएको तथ्यांकमा देखाएको छ । दूरसञ्चारमा विदेशबाट नेपाल भित्रने कलबापत आम्दानी हुने गर्छ । विषेश गरि कम्प्यूटर तथा सूचना सेवा अन्तर्गत सफ्टवेयर निर्माणको कामबापत आउटसोर्सिङ्का रुपमा नेपालले आम्दानी गर्दै आएको छ ।
प्रतिक्रिया