एलआईसी नेपालले ल्यायो ‘न्यू जीवन तरंग’ जीवन बीमा योजना

५ बर्ष अगाडि

काठमाडौं  । एलआईसी नेपालले ‘न्यू जीवन तरंग’ जीवन बीमा योजना ल्याएको छ । 

यो बीमा योजना १५ देखि ६० वर्षसम्म उमेरका व्यक्तिले लिन सक्नेछन् । ‘जीवनभरका लागि पेन्सन र रक्षावरण’ सन्देशसहित कम्पनीले उक्त योजना ल्याएको हो ।

यसमा न्यूनतम बीमा अंक रकम २ लाख रुपैयाँ छ भने अधिकतम बीमा अंक सीमा बीमा नियमानुसार जति पनि लिन सकिनेछ । योजनामा बीमा अवधि १० वर्ष, १५ वर्ष र २० वर्ष रहेको छ । यसले बीमितको उमेर १ सय वर्ष रहँदासम्म बीमा रक्षावरण गर्दछ भने अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध गराउनेछ ।

बीमाशुल्क भुक्तानी अवधिसम्म बीमित जीवित रहेमा आर्जित बोनस प्रदान गरिनेछ र सोपछिको प्रत्येक बीमा वर्ष दिवसमा बीमांकको ५.५ प्रतिशत रकम सुनिश्चित लाभ  बीमित ९९ वर्ष हुँदासम्म प्रदान गरिने कम्पनीले बताएको छ । 

यस्तै बीमा शुल्क भुक्तानी अवधिमा बीमितको निधन भए बीमांक रकम र सो अवधिसम्मको आर्जित बोनस रकम इच्छाएको व्यक्तिलाई प्रदान गरिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया