काठमाडौँ- संसद् विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन् । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो ।
सन्तोष भण्डारीद्वारा संवैधानिक इजालसतर्फ सन्तोष भण्डारीले रिट दायर गरेका छन् । जसमा संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख भएको छ । रिटमा कानुनको शासनको धज्जी उडाउने भावनाबाट प्रेरित भएको र राष्ट्रलाई गहिरो संकटमा लैजाने निश्चित भएको उल्लेख छ ।
यस्तै साधरण इजालसतर्फ अधिवक्ताहरु कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकाराम सापकोटा लगायतले रिट दायर गरेका छन् । जसमा १० वटा रिटहरू परेको छ ।
लहडका आधारमा संसद् विघटन नहुने, धारा ७६ मा ४ विकल्प र पूर्वसर्त रहेको र त्यसको अभ्यास नगरी विघटनको सिफारिस गर्न नमिल्ने, धारा ८५ निरपेक धारा नभएर धारा ७६ को सापेक्षातामा क्रियाशिल हुने, संसद् विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार नभएर सर्तसहित अधिकार भएका लगायत अन्य विविध विषयमा रिट दायर भएको छ ।


प्रतिक्रिया