चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा गतवर्षको तुलनामा विप्रषण आप्रवाह (रेमिट्यान्स) ११.२ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गएको साउनदेखि कार्तिकसम्म गतवर्षभन्दा ११.२ प्रतिशतले रेमिट्यान्स बढेर तीन खर्ब ३७ अर्ब ७२ करोड पुगेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार कोरोना महामारीको समयमा आयात घटेको, हुन्डी घटेको, वैदेशिक रोजगारीबाट फर्कनेलाई जिन्सी सामान तथा उपहार ल्याउन कडाइ भएकोलगायत कारणले रेमिट्यान्समा वृद्धि भएको जनाइएको छ ।
विदेश गएकाहरुले पठाएको विप्रषण आप्रवाह बढेपनि यो अवधिमा बैदेशिक रोजगारीमा जानेहरुको संख्या भने घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या संख्या समीक्षा अवधिमा ६७ दशमलव ९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९।१ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया