‘प्यानिक सेल’ पछि फर्किएको बजारमा एनएलआइसी किन्नेको ओइरो

५ बर्ष अगाडि

साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) मा दोहोरो अंकको बृद्धी भएको छ । 

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेसगैँ नेप्सेमा ‘प्यानिक सेल’ देखिएको थियो ।

जस कारण हिजो नेप्से राताम्मे बनेर बन्द भयो । 

तर आज संसद विघटनको दोस्रो दिन भने बजार दोहोरो अंकले बढेको छ । नेप्सेमा हरियाली छाही रहँदा आज नेपाल इन्स्योरेन्स कम्पनीले सबै भन्दा धेरै कारोबार गरेको छ । 

कम्पनीको ७२ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयरमूल्य १.६६ प्रतिशतले बढेर २१३८ रुपैयाँ पुगेको छ ।

हिजो धेरै कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागिरहँदा नेपाल इन्स्योरेन्सको शेयरमूल्यमा भने त्यती धेरै गिरावट आएको थिएन । 

जसकारण आज उक्त कम्पनीको शेयर खरिद गर्नेको चाप बढेको हो । 

हिजो पनि  नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक १ अर्ब ७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया