लामो समय पार्टीका बैठकहरुमा उपस्थित हुन नमानेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहानका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
पार्टीको निर्णय अनुसार सरकार सञ्चालन गर्नुपर्ने नेताहरुको मागलाई लत्याउँदै पार्टीको बैठक नबोलाउने, बैठकहरुमा नजाने गरेका ओलीले प्रतिनिधिसभा भंग गरेपछि भने आफै बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।
यसअघि आइतबार कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजेको लागि लागि बैठक बोलाएपपनि ओलीले त्यसअघि बिहानै बैठक बोलाएका छन् ।
स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेपछि आफ्नो पक्षका केन्द्रीय सदस्य बोलाएर कारबाहीबाट बच्न बैठक बोलाएको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया