नेपाल सरकार र विश्व बैंकबीच नौ अर्ब बराबरको ‘ग्रामीण उद्यम र आर्थिक विकास आयोजना’ मा सम्झौता

५ बर्ष अगाडि

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई सुदृढ गर्न ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाका लागि विश्व बैंकले नेपाल सरकारसँग सम्झौता गरेको छ । नेपाल सरकार र विश्व बैंक बीच आठ करोड अमेरिकी डलर (करिब साढे नौ अर्ब) बराबरको आयोजनामा आज हस्ताक्षर भएको हो । 

ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।  

आयोजनाले कृषि क्षेत्र र बजारको दिगो सम्बन्धलाइ स्थापित गर्दै यस आयोजना मार्फत प्रोत्साहित गरिने कृषि व्यवसाय प्रतिस्पर्धाले कोरोना महामारी पश्चातको आर्थिक पुनरुत्थानलाई सघाउनेछ । यस आयोजनाले ग्रामीण उत्पादक समूहहरू र निजी क्षेत्रका क्रेताहरू बीच उत्पादनशिल साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गर्नेछ। 

यो आयोजना प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन हुनेछ । आयोजनाले पालिका तहका कृषि केन्द्रहरु र कृषि उत्पादनको मूल्य श्रृंखला पूर्वाधार विकासमा लगानी गर्नेछ जसका कारण कोरोनाबाट प्रभावित कृषि क्षेत्रको पुनरूत्थानमा मद्दत पुग्नेछ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया