राष्ट्रिय आविस्कार केन्द्रले नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखि करिब २ मूल्य पर्ने सामग्री उत्पादन गरेर निःशुल्क वितरण गरेको छ ।
केन्द्रले चैत ११, २०७६ देखि गएको मंसिर मसान्तसम्म १ करोड ९० लाख ८६ हजार ५ सय ८८ रुपैयाँ मूल्य बराबरका बिभिन्न किसिमका १३ ओटा सामानहरु बनाएर स्वास्थ्यकर्मीहरुलाई निशुल्क वितरण गरेको हो।
केन्द्रका प्रमुख महावीर पुनका अनुसार १ करोड १ लाखका १६ हजार ५ सय वटा पीपीई र ४० वटा लाश राख्ने ब्यागहरु, ३८ लाख मूल्यका ६५ वटा स्वाव संकलन गर्ने बुथहरु, साढे ३ लाखका एरोसेल बाकक, ५ लाख ४ हजार मूल्यका यूभीसीबाट भाइरस मार्ने उपकरण, ६ लाख ८१ हजारका १२५ वटा हावा सफा गर्ने उपकरण यस अवधिमा उत्पादन गरिएको छ ।
त्यस्तै केन्द्रले ३५ भेन्टिलेटर, १८ मिर्गौला डाईलिसिस, १२ अक्सिजन कन्सेंट्रेटर तथा मास्क र सेनीटाईजर मर्मतमा ६ लाख ९१ हजार खर्चेको छ । १२ हजार फेस शिल्ड र मास्क, सेनीटाईजर ६ लाख ९१ हजारका, न्यूमास्क, फिल्टर तथा त्यसका सामानहरु १ लाख ६८, आईसालेसन हुट, आईसोलेसन च्याम्बरहरु, हस्पिटल रोबोट, गुड्ने बुथ, स्वाव संकलन गाडीहरु, नारायणी अस्पतालाई कोरोना ओपीडी लगायतका उत्पादन गरेको पुनको भनाई छ ।
केन्द्रलाई सो अबधिमा देश तथा विदेशबाट ४ करोड ११ लाख ९६ हजार ३४९ रुपैयाँ बराबसको सहयोग आएको थियो । त्यसमध्ये १ करोड ९० लाख ८६ हजार ५ सय ८८ रुपैयाँ मूल्य बराबरका सामग्री उत्पादन गरेर निःशुल्क वितरण गरेको र बाँकी अन्य काममा खर्च भएको पुनले जानकारी दिए।
बाँकी रकममध्ये बिभिन्न अनुसन्धानको लागि ईलेक्ट्रोनिक्स पार्टपुर्जाहरु, सामानहरु र औजारहरु खरिदमा रु ५ लाख ६४ हजार, हार्डवेयर सामानहरुमा ७ लाख ८५ हजार, अनुसन्धानकर्ताहरुलाई औषधि उपचार खर्च १ लाख ३६ हजार, अनुसन्धानकर्ताहरुको खाना र खाजामा १ लाख ७३ हजार, नौ महिनामा कोरोना बिरुद्ध काम गरेका ३९ जना अनुसन्धानकर्ताको निर्बाह खर्च ६ लाख २८ हजार, जापानमा थ्रीडी प्रिन्टर र त्यसमा प्रयोग हुने सामानहरु खरिदमा २ लाख १३ हजार, तथा अमेरिकामा कोरोनाको बिभिन्न सामानहरु किनेर नेपाल पठाउँदाको ५ लाख ७० हजार खर्च भएको केन्द्रका सञ्चालक पुनले बताए ।
‘यसरी ३ लाख २६ हजार ९ सय ३९ रुपैंया बढी खर्च भएको देखिएको छ', उनले भने, 'तर मंसिर मसान्त पछि पनि दानहरु आईरहेको छ र खर्च पनि भैरहेको छ ।’
प्रतिक्रिया