काठमाडौं, साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सकरात्मक परिवर्तन आएको छ । हिजो राताम्मे नेप्से परिसुचक सोमबार भने दोहोरो अंकले बढेको हो ।
कारोबारको केही समय ओरालो लागेको परिसुचक उकालो ओरालोको यात्रातय गर्दै कारोबारको अन्तिम समयसम्म आउँदा ३०.३३ अंकले बढेको छ । आज कारोबार १९३५.६३ को बिन्दुबाट सुरु भएको थियो जुन १.५७ प्रतिशतले बढेर १९६५.९६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने नेप्सेमा दोहोरो अंकको वृद्धि हुदाँ पनि बढ्न सकेनन् । व्यापार सेक्टर ३७.३३ अंकले, होटल सेक्टर २३.०५ अंकले र सामुहिक लागानी कोष ०.०२ अंकले घटेका छन् ।
आज कारोबारमा आएका २०२ कम्पनिको १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता ६४ हजार ९३८ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ६९ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।
यस्तै कारोबारमा आएका २०० कम्पनिमध्ये ७२ करोड ८८ लाख ६९ हजार बराबरको कारोबार गर्दै नेपाल जीवन बीमामा उच्च स्थानमा र्हेको छ ।
प्रतिक्रिया