प्राइम कमर्शियल बैंकले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।
बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव अघि सारेको हो ।
बैंकका शेयरधनीहरुले अब गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर पाउने छन् ।
उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुले पाउने छन् ।
प्रतिक्रिया