काठमाडौं ,सोमबार नेपाल स्टक एक्सेन्ज(नेप्से) परिसुचक दुृई बजेसम्म आउँदा २८ अंकले बढेको छ ।
आज ११ बजे १९३५.६३ को बिन्दुबाट सुरु भएको कारोबारको उकालो ओरालोको यात्रातय गर्दै २ घण्टाको अवधिसम्म आउँदा २८.३४ अंकले बढेर १९६३.९७ को बिन्दुमा पुगेको छ । दुई घण्टाको अवधिमा नेप्से १.४६ प्रतिशतले बढेको हो ।
कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह ओरालो लागेका छन ।
हालसम्म कारोबारमा आएका २०० कम्पनिको ८२ लाख ८३ हजार ३८५ कित्ता ४९ हजार २९४ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ९५ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।
यस्तै कारोबारमा आएका २०० कम्पनिमध्ये ५८ करोड ९३ लाख ८२ हजार बराबरको कारोबार गर्दै नेपाल जीवन बीमामा उच्च स्थानमा रहहेको छ ।
प्रतिक्रिया