काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ नदिने बताएका छन् ।
सोमबार ओली पक्षले बोलाएको आफ्नो गुटका सांसदहरुको भेलामा बोल्दै भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण प्रचण्डलाई साथ नदिने बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा भट्टले यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्ष लागेको आरोप पनि लगाएका छन् ।
उनले सोहि कारण प्रचण्डलाई साथ दिन नसक्ने पनि बताए । साथै इतिहासमा सबैभन्दा राम्रो काम पनि यही सरकारले गरेको भट्टको दाबी रहेको छ ।
प्रतिक्रिया