देश अब संकटकाल तर्फ लाग्ला त ?

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले  संघीय संसद्को प्रतिनिधिसभा विघटन गरे पछि यसलाई फरक ढङ्गले हेरिन थालिएको छ । 

ओलीको उक्त कदम विरुद्ध अहिले देशब्यापी प्रदर्शन चर्कदै गएको छ । 

प्रदर्शन चर्कदै जादाँ सरकारले अब संकटकाल घोषणा गर्ने  आँकलन गर्न थालिएको छ । ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ । 

उक्त प्रदर्शनलाई मध्यनजर गर्दै ओलीले पनि चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा छलफल गरेका थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया