१७ महिने कार्यकाललाई पूर्णविराम लगाउँदै औपचारीक रुपमा बाहिरिए पर्यटनमन्त्री भट्टराई

५ बर्ष अगाडि

काठमाडौं- निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई मन्त्रालयले औपचारिक रुपमा विदाइ गरेको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रालयले मन्त्री भट्टराईको विदाइ गरेको हो । 

आइतबार संसद विघटन भए पछि यसको विरोध गर्दै सात मन्त्रीले सामूहिकरुपमा राजीनामा दिएका छन् । सोही क्रममा मन्त्री भट्टराईले पनि आफ्नो राजीनामा घोषणा गरेका थिए । 

विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आफ्नो १७ महिने कार्यकालमा जति काम भएका छन् त्यो कोरोनाको कठिन अवस्थामा पनि सन्तोषजनक भएको बताए ।

यद्यपि पर्यटन क्षेत्रको सुधारमा आफुले राखेको र लिएको  लक्ष्य राजनीतिक व्यवधान र परिस्थितिका कारण पूर्णरुपमा कार्यन्वयनमा ल्याउन नसकिएको मन्त्री भट्टराईले बताए । २०७७ साउन १५ गते मन्त्री भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

मन्त्री भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएर विदाइ गरे । साथै, मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी संघठनका पदाधिकारी लगायतका व्यक्तित्वहरुले समेत मन्त्री भट्टराईलाई स–सम्मान विदाइ गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया