काठमाडौं, सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले निक्षेपमा नयाँ ब्यानदर घोषणा गरेको छ । बैंकले आजबाट लागु हुनेगरी निक्षेपको नयाँ ब्याजदर घोषणा गरेको हो ।
बैंकले बचततर्फ ३ देखि ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भने मुद्रति निक्षेपमा ७ देखि ८ प्रतिशत ब्याजदर तय गरेको छ ।
बैकका अनुसार मुद्रति निक्षेपमा ३ देखि ६ महिनाको लागि ७ प्रतिशत, ६ महिना माथि र १ वर्षमुनिका लागि ७.५० प्रतिशत र १ वर्षमाथिका लागि ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्रतिक्रिया