सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

५ बर्ष अगाडि

काठमाडौं- सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय पुस १५ गतेसम्मका लागि लम्बिएको छ । 

बैंकले पुस १ देखि छिटोमा पुस ४ गतेसम्म आवेदन दिन पाउनेगरी ऋणपत्रको बिक्री खुला गरेकोमा निष्काशनमा ल्याइएको सबै ऋणपत्र बिक्री नभएपछि समय लम्बिएको हो। 

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार अब इच्छुक लगानीकर्ताले पुस १५ गते बुधबारसम्म आवेदन दिन पाउनेछन् ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालय तथा मेरो शेयरको वेव तथा एप मार्फत समेत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया